सोह्रखुट्टेमा मोटरसाइकल र स्कुटर ठोक्किए‚ १८ वर्षीय सजनको मृत्यु

काठमाडौँ। काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका १६‚ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज (बिहीबार) बागमती प्रदेश ०२-०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा.४१प ६७९ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका […]