गोल्याण ग्रुप र सहिद परिवारबीच शैक्षिकवृत्ति सम्झौता, पहिलो चरणमा ११ बालबालिकालाई सहयोग

औद्योगिक घराना गोल्याण ग्रुप र जेनजी आन्दोलनका सहिद परिवारबीच शैक्षिकवृत्ति योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । असोज २४ गते गोल्याण ग्रुपले सहिद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको थियो, जसलाई शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको हो । पहिलो चरणमा ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन खर्च तथा विशेष क्षमता विकास र प्रतिभा […]