तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभा बैठकमा सोमबार (माघ १९) पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन् । यही माघ ४ गतेदेखि सुरु सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सरकारको प्राथमिकताका रूपमा रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई […]