विवाह पञ्चमीको दोस्रो दिन मनाइयो फूलबारी लीला

जनकपुरधाम। त्रेतायुगमा भएको भगवान् रामको विवाहको स्मरणमा जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत आज फूलबारी लीला सम्पन्न भएको छ। साताव्यापी महोत्सवअन्तर्गत शुक्रबार साँझ विवाह मण्डपमा फूलबारी लीलाको आयोजना गरिएको थियो। जनकपुरधामको ऐतिहासिक स्थल विवाह मण्डपमा शुक्रबार साँझ राम जानकीको झाँकी बनाएर लीला देखाइएको थियो। त्रेतायुगमा जनकपुरधाममा आयोजना गरिएको धनुष यज्ञमा सहभागी हुन आएका भगवान् राम, लक्ष्मणसहित […]