अबको नेतृत्वले दलगत सीमा होइन, राष्ट्रहितलाई पहिलो स्थान देओस्!
यतिबेला मुलुकमा नयाँ पुस्ताको ऊर्जा देखिएको छ। राजनीतिक अस्थिरता, आर्थिक मन्दी, भ्रष्टाचार र प्रशासनिक कमजोरीले नागरिकको भरोसा खोसिरहेको बेला जेन–जी पुस्ताको जागरणले देशका लागि नयाँ प्रकारको राजनीतिक मार्गचित्र कोर्न थालेको छ।