अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । विवरण अनुसार मुलुकको बाह्य क्षेत्र निकै बलियो देखिएको छ भने आन्तरिक अर्थतन्त्रमा पनि सुधारका संकेत देखिएका छन् । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा यो वर्ष चमत्कारिक सुधार देखिएको छ । समीक्षा अवधिमा विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स ३९.१ […]