राँझा– पश्चिम तराईको सहर नेपालगन्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मिथिलावासीले मनाउँदै आएको छठपर्वप्रतिको मोह नेपालगन्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए । ‘नेपालगन्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु भएको छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ’, पाठकले भने, ‘हाल करिब ७०० परिवारले बागेश्वरी तलाउमा निष्ठापूर्वक छठपूजा गर्दै आउनुभएको […]