काठमाडौं– किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको कुटपिट र तोडफोडको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । साथै संघले तोडफोडमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । कार्तिक ८ गते उपचारका क्रममा एक गर्भवतिको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त घटनापछि सङ्घले मंगलबार जारी […]