आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता कस–कसलाई लागू हुन्छ भन्ने विषयमा चासो बढ्न थालेको छ । निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता हाल सरोकारवाला निकायसँग परामर्शको चरणमा रहेको छ । आयोगले प्रस्ताव गरेको आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुनेछ । […]