वीरगञ्ज । पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नं. २ सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायका भागरित पासवानको घरमा आगजनी र कुटपिट भएको घटनामा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो। टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल […]