संयुक्त राज्य अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले हस्ताक्षर गरेका छन् । […]