महान्यायाधिवक्ता सविता भण्डारीले अदालतमा विचाराधीन रास्वपा सभापति रवि लामिछाने जोडिएको मुद्दाको अभियोग संशोधन गर्ने विवादास्पद निर्णय गरेपछि उनको भूमिकाप्रति गम्भीर प्रश्न उठेको छ। भण्डारीले ३० पुसमा लामिछाने जोडिएका पाँच वटा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग नै संशोधन गर्ने निर्णय गरेकी थिइन्। भण्डारीको यस निर्णयको चर्को आलोचना भइरहेको छ। यसअघिका कुनै पनि महान्यायाधिवक्ताले यस्तो […]