कार्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविर जान रोक

काठमाडौं । हिमपातसँगै बढेको जोखिमका कारण म्याग्दी जिल्ला प्रशासन कार्यालयले प्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका लागि रोक लगाएको छ । आधारशिविर क्षेत्रमा आजदेपखि नै हिमपात पर्न सुरु भएपछि आगामी १४ गतेसम्मका लागि पूर्ण रुपमा रोक लगाएको हो । प्रशासनले पदयात्राका क्रममा विभिन्न स्थानमा रहेका पदयात्री र पर्यटकहरुलाई सुरक्षित भएर बस्न पनि आग्रह गरेको छ । […]