मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी

दमौली। मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक ६ सय जनाले रोजगारी पाएका छन्। तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक ६ सय मजदुर खटिएका हुन्। आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका छन्। पश्चिम खण्डमा हालसम्म ५९.७६ […]