काठमाडौँ। काठमाडौँको शंखरापुर नगरपालिका ३‚ लप्सीफेदीस्थित जहरसिंहपौवा-साँखु खण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् । जहरसिंहपौवाबाट पिकनिक गरेर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा.४ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये एक […]