नर्भिकले बढायो नर्सहरूको तलब

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ ।  अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब ३७ हजार रुपैयाँ कायम गरेको हो । नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू भएको छ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मुल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो । […]