ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक मर्मत–सम्भारमा बजेट अभाव र संघीय, प्रदेश तथा स्थानीय तहबीचको समन्वयको कमीले समस्या उत्पन्न भइरहेको बताएका छन् । मंगलबार सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले राजस्वका रूपमा संकलन गरेको सम्पूर्ण रकम सडक बोर्डले नियमित कार्यक्रमका लागि […]