नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको समूहले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। 'पेशागत मर्यादा र अटुट एकता: सबल एशोसिएशनका लागि टिम बद्रीको प्रतिबद्धता' भन्ने नाराका साथ सार्वजनिक गरिएको उक्त पत्रमा चिकित्सकहरूको पेसागत सुरक्षा, पारिश्रमिक वृद्धि र दरबन्दी थप लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।