मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो सागपातजस्ता तरकारीको मूल्य यस वर्ष भने अस्वाभाविक रूपमा उच्च देखिएको छ। अघिल्लो वर्ष यही समयमा सस्तोमा पाइने अधिकांश तरकारीको मूल्य यतिबेला आकाशिँदा उपभोक्ताको भान्सामा प्रत्यक्ष असर परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार बिहीबार भारतीय सानो गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो ७९ रुपैयाँ […]