काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते हुने निर्वाचनमा सर्लाही-४ बाट उठ्ने भएका छन् । काठमाडौं-४ र सर्लाही–४ दुवै क्षेत्रबाट एकल सिफारिसमा परेका उनको नाम यसअघि काठमाडौंबाट अघि सारिएको थियो । विशेष महाधिवेशनको सरगर्मी चल्दै गर्दा थापा सर्लाही–४ बाट चुनाव लड्नुपर्ने माग गर्दै स्थानीय कांग्रेस नेताहरूको डेलिगेसन समेत काठमाडौं पुगेको थियो । […]