काठमाडाैं । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका–६ राईटोलस्थित घरभित्र एक पुरुष मृत फेला परेका छन् । प्रहरीले आज दिउँसो करिब ४ बजेर १३ मिनेटमा घटनाबारे जानकारी प्राप्त गरेको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरभित्र मृत्यु भएको र आत्महत्याको आशंका गरिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । […]