जाँचबुझ आयोगले घरमै पुगेर लियो ओलीको बयान, स्थानहदबारे के भयो निर्णय ?

गत भदौमा भएको युवा (जेन–जी) आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ। आयोगका अधिकारीहरू ओली निवासमै पुगेर बयान लिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन्। प्रवक्ता शर्माका अनुसार ओलीलाई आइतवार नै आयोगको तर्फबाट पत्र पठाइएको थियो। “उहाँले आजै आफ्नो स्टेटमेन्ट दिनुभएको हो,” शर्माले बताए। […]