काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पार्टी समायोजनमा व्यस्त छन् । मंगलबार मात्र प्रचण्डले पेरिसडाँडामा पार्टी समायोजनका लागि मात्र तीन कार्यक्रम राखेका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार दिउँसो १ बजेदेखि दुई बजेसम्म प्रचण्डले विभिन्न समूह र पार्टीलाई नेकपामा समायोजन गर्दैछन् […]