एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

नेपाल क्रिकेट संघ (क्यान)ले पर्सिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यानले एनपीएलको तयारी पूरा भएको जनाएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले यस वर्ष टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठाउने अनुमान रहेको बताए । अहिलेसम्म स्पोन्सरसिपबाट १५...