स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै

जेन जी (Gen Z) आन्दोलनले नेपालको राजनीतिक बहसलाई नयाँ दिशातर्फ मोडेको छ। यस आन्दोलनले युवाहरू केवल विरोध गर्ने मात्र होइन, नीति, पारदर्शिता र जवाफदेहिताको माग गर्ने सचेत नागरिकका रूपमा उभिएको देखाएको छ। यही सन्दर्भमा नेपाल चुनावी चरणतर्फ अघि बढ्दै गर्दा स्वास्थ्य सुधारलाई अब केवल प्राविधिक वा प्रशासनिक मुद्दा होइन, स्पष्ट राजनीतिक एजेन्डा का रूपमा अघि सार्नु अपरिहार्य भएको छ।