कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्रा. लि. बीच सम्झौता भएको छ, जसअन्तर्गत बैंकका ग्राहकहरूले क्लिनिकमा प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने छन्। सम्झौताअनुसार, ग्राहकहरूले इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) सेवा १००% छुटमा पाउनेछन्। इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन (ABPM), २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५०% छुट उपलब्ध हुनेछ। […]