काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हिमाली जिल्लाको उम्मेदवारी टुंगो लगाएको छ। सोमबार दिउँसो बसेको संसदीय बोर्डले हिमाली जिल्लाको उम्मेदवारी टुंग्याएको सहमहामन्त्री फर्मुल्लाह मन्सुरले बताए। प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये हिमाली जिल्लाको उम्मेदवारी टुंग्याउन बोर्ड बसेको थियो। “हिमाली जिल्लाको उम्मेदवारी टुंगो लागेको छ, अब तराई र पहाडी जिल्लाको उम्मेदवारी टुंगो लगाइने छ,” उनले भने। कांग्रेस सभापति गगन थापा, […]