उम्मेदवारी खारेजीपछि डा. अरुण शाहीको अपिल : चिकित्सक संघको मूलमर्म ‘एकता, भातृत्व र सेवा’माथि प्रहार गरिएको छ

“यसले आम चिकित्सकका मुद्दामा लड्ने मेरो पवित्र भावनामाथि मात्र ठेस पुगेन, आफू सदस्य रहेको संस्थामा उम्मेदवार बन्न पाउने संवैधानिक हकसमेत खोसियो,” डा. शाहीले अपिलमार्फत उल्लेख गरेका छन्। उनका अनुसार उम्मेदवारी खारेजीले संघको विधान र नियमावली मात्र होइन, यसको मूल आत्मामाथि नै चोट पुगेको छ।