गत ८ माघमा सुर्खेतमा आयोजित कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा भएका कामको अर्धवार्षिक समीक्षा कार्यक्रम हुँदै थियो, प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव कर्मचारीहरूप्रति कडा रूपमा प्रस्तुत भए। काम नगर्ने कर्मचारीलाई अबदेखि कार्यसम्पादन मूल्यांकन (कासमू)मा नम्बर काटिदिने भन्दै उनले झपारे। ठेकेदारलाई काम लगाउन नसक्ने तर कागजमा प्रगति विवरण पेस गरेर कासमूमा आफूलाई अब्बल प्रमाणित […]