सायद गाउँलेहरू पनि सोध्दा हुन्, ‘तिमीहरूका छोराछोरीहरूले कहिले विदेश घुम्न बोलाउँछन् त?’ भनेर।
अर्कोतर्फ सिङ्गो गाउँ नै विदेश गएका बेला कोही छिमेकीका सन्तानले आफ्ना बा-आमा जापान, अस्ट्रेलिया, अमेरिका त कोही आफन्तहरू सन्तानले बोलाएर क्यानडा, अस्ट्रेलिया तथा युरोप पुगेको देख्दा हाम्रा बा-आमालाई पनि आफ्ना सन्तानहरूले जति सक्दो चाँडै विदेश बोलाइदिउन् भन्ने मनमा लाग्नु पनि स्वाभाविक नै थियो।