तीन महिनाअघि काठमाडौँका सडकमा नवयुवाले आगो बाले। यो आगोले राजनीतिक दलहरूको दूषित जरा जलाउने, भ्रष्टाचारको कालो बादल चिर्ने र युवा मनहरूको निराशा हटाएर आशाको उज्यालो सञ्चार गर्ने लक्ष्य लिएको थियो। २३ र २४ भदौको जेन-जी आन्दोलनले सुशासन, पुराना राजनीतिक शक्तिमा सुधार, राज्यका निकायहरूमा दलीयकरणको अन्त्यलगायत माग गरेको थियो। यी मागसहित असंगठित युवाहरूको उभारले सरकारलाई विस्थापित […]