पाकिस्तानमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, एक घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा परी एक जना घाइते भएको अधिकारीहरूले बताएका हुन् । पाकिस्तान–अफगानिस्तान सीमा नजिकै रहेको चमन जिल्लाको ट्याक्सी स्ट्यान्डमा बिहीबार विस्फोट भएको थियो । उद्धार ११२२ का अनुसार पीडितहरूलाई जिल्ला मुख्यालय अस्पतालमा सारिएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेकाे छ । […]