बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ। बैतडीमा मङ्गलबार १० जना विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेनबहादुर चन्द […]