काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनीता डंगोलले कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाइने बताएकी छन्। महानगरपालिकाले निर्माण गरेका सार्वजनिक पूर्वाधारको संरक्षण, सञ्चालन र व्यवस्थापनका लागि कार्यविधिको आवश्यकता महसुस भएको उनको भनाइ छ। महाङ्काल सत्तल र खुलामञ्चको उनले बुधबार अनुगमन गरिन्। “महानगरपालिकाले उद्यान तथा पार्क, पोखरी, मठ-मन्दिर, सत्तल, चोकलगायत सार्वजनिक उपयोगका धेरै संरचना […]