काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज (बिहीबार) मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सीआईबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचबिखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर […]