त्यसैले म साहित्य पढ्छु!

हो, म संसारको यात्रा गर्न सक्दिनँ। विज्ञान प्रगतिको पहाड उक्लिन सक्दिनँ। कहिले समयले स्वीकृति दिँदैन, कहिले पैसाले त कहिले अरू कुराले। साहित्यले मलाई सगरमाथा उकालेको छ, जोखिमपूर्ण स्थानमा साहसको यात्रा गराएको छ।