मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ संगमचोकका भवकृष्ण घिमिरे (६०) को वर्षौंदेखिको दैनिकी थियो, एकाबिहानै गोठमा दूध दुहेर डेरी पुर्याउनु। गत २७ मंसिरमा पनि सधैँझैँ बिहानको ५ बजेतिर उनी दूध बेच्न जाँदै थिए। तर, त्यस दिन डेरी पुग्न सकेनन्। घरबाट निकै उत्साहका साथ निस्किएका उनी ५०० मिटर मात्र उत्तर लागेका थिए, सामुन्नेमा जंगली हात्तीको बथान नै उभिएको थियो। […]