तनहुँमा मकै उत्पादन बढ्यो

तनहुँ। व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन्। यहाँ आउने जोकोही थाङ्ग्रोे देखेर अचम्म मान्छन्। दरै सामुदायिक घरबासका सञ्चालक आशा दरैले भने, “यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन्। विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो। यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ।” […]