काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्यसमेत छन्। कतिपय भाटभटेनीसहितका व्यापारिक प्रतिष्ठानमा आगो लगाउन जाँदा र लुट्ने क्रममा पनि मरेका छन् । जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू ध्वस्त भएपछि अहिले दैनिक प्रशासन चलाउन मुस्किल परेको छ। […]