काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन पेश भएको छ । सहकारी ठगी प्रकरणसँग जोडिएको गम्भीर मुद्दाहरूमा अभियोग संशोधन गर्ने वा मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयबाट भएको निर्णय गैरकानूनी र बदनियतपूर्ण रहेको दावी गर्दै वरिष्ठ […]