पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना भएपछि…

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गरेकी थिइनन् । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ । स्वास्थ्यकर्मीले उनलाई तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । ‘पहिले कहिल्यै जाँच गरेकी थिइन’, उनले भनिन्, ‘अहिले जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, शल्यक्रिया गर्ने भन्नुभएको छ ।’ […]