मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आठ राजनीतिक पार्टीले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन्। जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, आमजनता […]