गाजामा इजरायली आक्रमण: अलजजिराका ६ पत्रकारको हत्या

काठमाडौं । इजरायलले अलजजिराका ६ पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले रिपोर्टर अनस अल–शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको बताएको छ। आफ्ना पत्रकारको हत्यापछि अल जजिराले ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरूमध्ये एक अनस अल शरीफलाई उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा कब्जा गर्नुअघि उठेका आवाजहरूलाई दबाउने हताश प्रयास हो’ भनेको छ […]