चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा महामन्त्री पदमै लड्ने बताएका छन् । उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी जेन-जी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाएर निर्वाचनमा होमिनुपर्ने बताए । […]