सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २३ वर्षीय विपिन जोशी पढ्दै कमाउँदै कार्यक्रममार्फत् इजरायल पुगेका थिए । ११ महिने प्रयोगात्मक सिकाइका लागि विपिनसहित ४९ जना नेपाली विद्यार्थी इजरायलको सेदोत नेगेभमा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने तौरतरिका सिक्दै थिए । उनीहरू त्यहाँ पुगेको महिना दिनमै इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच द्वन्द्व चर्कियो […]