अफगान–पाकिस्तान सीमामा भीषण लडाइँपछि युद्धविराम, नागरिकहरू घर फर्किँदै

यस महिनाको घातक हिंसाले अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध पुनः तनावपूर्ण बनाएको छ। इस्लामाबादले आफ्नो भूमिमा भएका उग्रवादी आक्रमणहरूका लागि अफगानिस्तानलाई दोष दिँदै आएको छ। पाकिस्तानले अफगान सरकारमाथि ‘पाकिस्तानी तालिबान ९टिटिपी०’ का लडाकूहरूलाई शरण दिएको आरोप लगाउँछ। उक्त आरोपलाई काबुलले अस्वीकार गरेको छ।