महिनावारी... 'के साँच्चै आवश्यक छ र ?' (कविता)

ऐया आत्था भन्दै म कराइरहँदा, ढाड दुखेर म छटपटाइरहँदा  रगतको खोलो बगेसरी रगत बगिरहँदा, आफू सुतेर उठ्न नसक्ने भइरहँदा मेरो मन र मस्तिष्क बीच युद्ध चलिरहँदा, कहिले झनक्क रिस उठ्दा  त कहिले धुरु-धुरु रुन मन लागिरहँदा  मेरो शरीरमा म महिनावारी हुदा बिभिन्न मानसिक एवं शारीरिक परिवर्तन भइरहँदा  के मलाई यसरी छुट्टयाएर राख्नु आवश्यक छ र?