काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बिहान साढे ११ बजेबाट शुरु हुनेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । बैठकले परिवर्तित परिस्थिति, स्थानीय तह र जिल्ला अधिवेशनका प्रगतिबारे समीक्षा गर्ने बताइएको छ ।