नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरूले आफ्नो हकहितको पक्षमा नबोलेको आरोप लगाउँदै बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन्। आन्दोलनको ३९ औँ दिनसम्म आइपुग्दा पनि अध्यक्ष श्रेष्ठले कर्मचारीका मागप्रति उदासीनता देखाएको भन्दै कर्मचारी संगठनले उनको पदत्यागको माग गर्दै शुक्रबार संयुक्त विज्ञप्ति सार्वजनिक गरेको हो। कर्मचारीहरूले आरोप लगाएका छन् कि अध्यक्ष श्रेष्ठले कर्मचारीका तर्फबाट अदालतमा […]