काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अनुगमन गर्नुभएको छ। उहाँले जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यालयमा पुगेको क्षतिको निरीक्षण गर्नुभएको हो। अध्यक्ष प्रचण्डले घटनाको गम्भीर समीक्षा गर्दै आवश्यक सुरक्षा तथा पुनर्निर्माण पहलको संकेत दिनुभएको छ।